ललितपुर प्रहरी परिसर पुगे गृहमन्त्री गुरुङ, अनुगमन भनिए पनि चासो बढ्यो

ललितपुर प्रहरी परिसर पुगे गृहमन्त्री गुरुङ, अनुगमन भनिए पनि चासो बढ्यो


ग्लोब नेपाल
351
Shares

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ आफैँ गाडी चलाएर जिल्ला प्रहरी परिसर ललितपुर पुगेका छन् । उनी नियमित अनुगमनका रुपमात्यहाँ पुगेका हुन् र विशेष कुनै औपचारिक कार्यक्रम नभएको बताइएको छ ।

यद्यपि, सोही दिन जेन जेड घटनासँग सम्बन्धित ज्यानसम्बन्धी कसुरमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि गृहमन्त्रीको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

ओली र लेखक पक्राउ प्रकरणसँगै विकसित सुरक्षा र राजनीतिक अवस्थाका बीच गृहमन्त्री गुरुङको परिसर भ्रमणलाई लिएर विभिन्न तहमा चासो बढेको छ ।