पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा

पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा



काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले पक्राउ गरी २ नं गण महाराजगञ्जमा राखेको छ । उनलाई आज बिहान भक्तपुरको कटुञ्जेमा रहेको उनकै निवासबाट पक्राउ गरिएको थियो ।

नेता लेखकलाई २ नं गण महाराजगञ्जमा राखिएको पारिवारिक स्रोतले जनाएको छ । नवयुवा आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

नवयुवा आन्दोलनका क्रममा निजी निवास आगजनीबाट क्षतिग्रस्त भएपछि उनी सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा रहेको भाडाको घरमा बस्दै आएका थिए ।