राजनीतिक पूर्वाग्रह राखेर द्वन्द्व सिर्जना हुने कार्य सरकारले नगरोस् : नेकपा

राजनीतिक पूर्वाग्रह राखेर द्वन्द्व सिर्जना हुने कार्य सरकारले नगरोस् : नेकपा


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारलाई द्वन्द्व निम्त्याउने कुनै पनि कदम नचाल्न आग्रह गरेको छ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो आग्रह गरेको हो ।

नेकपाकाको केन्द्रीय कार्यालयको तर्फबाट गणेशमान पुनले एक विज्ञप्ति जारी गर्दै यस्तो सरकारलाई विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मर्मअनुसार अघि बढ्न आग्रह समेत गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा हाम्रो पार्टी कुनै पनि कदम चाल्दा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लंघन नगरोस् र राजनीतिक पूर्वाग्रह राख्ने तथा द्वन्द्व सिर्जना हुने कार्य नगरोस् भन्ने हाम्रो आग्रह छ।’

सरकारले मन्त्रिपरिषद्को पहिलो बैठकबाट गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

यसैबीच, नेकपाले विज्ञप्तिमार्फत गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट बहुमत प्राप्त दल राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र साह (बालेन) प्रधानमन्त्री भएकोमा बधाई तथा शुभकामना पनि व्यक्त गरेको छ।