काठमाडौं । नेपाल सरकारले आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि लिइँदै आएको आन्तरिक परीक्षा प्रणाली पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ ।
शुक्रवार मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ मार्फत सरकारले यस्तो घोषणा गरेको हो ।
सरकारको यो निर्णयसँगै अब प्राथमिक तहका विद्यार्थीहरूले परम्परागत शैलीको लिखित परीक्षाको दबाब झेल्नु नपर्ने भएको छ ।
साना बालबालिकाहरूमा परीक्षाका कारण सिर्जना हुने मनोवैज्ञानिक त्रास, तनाव र दबाबलाई न्यूनीकरण गरी उनीहरूको प्राकृतिक सिकाइ प्रक्रियालाई प्रोत्साहन गर्न यो कदम चालिएको सरकारले जनाएको छ ।
शासकीय सुधारको कार्यसूचीको बुँदा नम्बर ८९ मा लिखित परीक्षा बन्द गर्ने भनिएको छ ।


प्रतिक्रिया