काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई म्याद थपका लागि भर्चुअल माध्यमबाट उपस्थित गराइने भएको छ ।
जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ प्रतिवेदनका आधारमा पक्राउ परेका ओलीलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराउनुपर्ने भए पनि स्वास्थ्य अवस्थाका कारण त्यसो गर्न नसकिएको हो । अब उनलाई भिडिओ कन्फ्रेन्समार्फत सहभागी गराउने तयारी गरिएको छ ।
ओलीतर्फका कानून व्यवसायी वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार आवश्यक प्रक्रिया अघि बढिसकेको छ । दुई पटक मिर्गौला प्रत्यारोपण गरिएका ओली स्वास्थ्य परीक्षणपछि चिकित्सकको सल्लाहअनुसार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
म्याद थप भइसकेपछि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्ने तयारी गरिएको पनि जनाइएको छ । म्याद थप नभएसम्म हिरासतको कानुनी अवस्था स्पष्ट नहुने भएकाले त्यसपछि मात्रै रिट दायर गरिने बताइएको छ ।


प्रतिक्रिया