सम्पत्ति विवरण बुझाउन सांसदहरूलाई संसद सचिवालयको निर्देशन

सम्पत्ति विवरण बुझाउन सांसदहरूलाई संसद सचिवालयको निर्देशन



काठमाडौं । संघीय संसद सचिवालयले नवनिर्वाचित प्रतिनिधिसभाका सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको छ ।

संसद सचिवालयले भ्रष्टाचार निवारण ऐनअनुसार सांसदहरूलाई शपथको मितिदेखि ६० दिनभित्र आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको विवरण बुझाउन सूचना प्रकाशित गरेको हो ।

सांसदहरूले सम्पत्ति विवरण बुझाउँदा सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण बुझाउनुपर्नेछ । भ्रष्टाचार निवारण ऐनको दफा ५० ले सार्वजनिक पदधारण गरेको व्यक्तिले सम्पत्ति विवरण तोकिएको निकाय वा अधिकारीसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

सांसदहरूले १० जेठभित्र सम्पत्ति विवरण सचिवालयमा रहेको सांसद सुविधा व्यवस्थापन शाखामा बुझाउनुपर्नेछ ।