म्याद थपका लागि पूर्वमन्त्री खड्कालाई लगियाे अदालत

म्याद थपका लागि पूर्वमन्त्री खड्कालाई लगियाे अदालत



काठमाडौं । पूर्वमन्त्री दीपक खड्कालाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालमा लगिएको छ ।

आइतबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कालाई पक्राउ गरेको थियो । उनीमाथि सम्पत्ति सुद्धीकरण कसुरमा अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको गृहमन्त्री सुधन गुरुङले जानकारी दिए ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले पूर्वमन्त्री खड्कालाई म्याद थपका लागि अदालत ल्याइपुर्‍याएको जानकारी दिए ।