कांग्रेसले बोलायो अनुशासन समितिको बैठक

कांग्रेसले बोलायो अनुशासन समितिको बैठक



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक १८ चैतमा बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार बैठक बुधबार दिउँसो १ बजे ललितपुरस्थित बीपी स्मृति भवनमा बस्नेछ ।

बैठकमा अनुशासनसम्बन्धी समसामयिक विषयमा छलफल हुनेछ ।