पूर्णबहादुरले डाके कांग्रेसका जिल्ला सभापतिहरूको भेला

पूर्णबहादुरले डाके कांग्रेसका जिल्ला सभापतिहरूको भेला



काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र समानान्तर गतिविधि बढाएका छन् । पार्टीको आधिकारिक विवाद सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा खड्काले जिल्ला सभापतिहरूको भेला बोलाएका हुन् ।

धुम्बराहीस्थित स्मार्ट पार्टी प्यालेसमा चैत १९ गते बस्ने गरी जिल्ला सभापतिहरूको भेला बोलाएको एक नेताले बताए । त्यसअघि खड्काले चैत १७ र १८ गते १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक पनि राखेका छन् ।

यसअघि पनि खड्काको संयोजनमा, डा. शेखर कोइरालासहित शीर्ष नेताहरूको बेग्लै बेला राख्दै आएका थिए ।

पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री पक्राउको विरोधमा खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी परेपछि कांग्रेसको विवाद उत्कर्षमा पुगेको छ ।