काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आज दिउँसो १ बजे माइतीघर मण्डलमा आयोजना हुने सशक्त विरोध कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन् ।
‘भूमिगत’ बनेको व्यापक हल्ला चलिरहँदा उनी सामाजिक सञ्जालमा सक्रिय देखिएका छन् । हिजो साँझ केही घण्टा उनको मोबाइल अफ हुँदा ‘भूमिगत’ बनेको हल्ला सुरू भएको थियो ।
बस्नेतले केही बेरअघि स्टाटस लेख्दै बालेन सरकारद्वारा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको प्रतिशोधपूर्ण गिरफ्तारीको विरोधमा नेकपा (एमाले) राजधानी प्रदेशले आयोजना गर्न लागेको विशेष प्रदर्शनमा सहभागी हुन अनुरोध गरेका हुन् ।
उनले लेखेका छन्, ‘आज दिउँसो १ बजे माइतीघर मण्डलमा आयोजना हुने सशक्त विरोध कार्यक्रममा सहभागी हुन सम्पूर्ण साथीहरूलाई हार्दिक अनुरोध गर्दछु । वर्तमान अधिनायकवादी र निरंकुश शैलीमा अघि बढिरहेको बालेन नेतृत्वको सरकारद्वारा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको प्रतिशोधपूर्ण गिरफ्तारी तथा कथित गृहमन्त्रीका सबै प्रकारका अराजक गतिविधिहरूको विरोधमा नेकपा (एमाले) राजधानी प्रदेशले आयोजना गर्न लागेको विशेष प्रदर्शनमा सशक्त सहभागिता जनाऔँ । आन्दोलनको मोर्चामा भेट हुनेछ । जुझारु अभिवादन सहित ।’


प्रतिक्रिया