हर्क साम्पाङलाई ज्यान मार्ने धम्की

हर्क साम्पाङलाई ज्यान मार्ने धम्की



काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संघीय सांसद हर्क साम्पाङले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले रास्वपाका समर्थकले आफूलाई मार्ने र घर जलाउने धम्की दिएको भन्दै तस्बिरसमेत सार्वजनिक गरेका छन् । उनले राखेको स्क्रिन सटमा ‘सुनिता खड्का’ नामको आईडी रहेको छ ।

उनले धम्की दिनेविरुद्ध आजै सीआईबीमा उजुरी दिने तयारी गरिरहेको बताए ।

उनले लेखेका छन्, ‘मैले प्रतिपक्षको भूमिका निभाउँदै गर्दा रास्वपाका समर्थकले मलाई ज्यान मार्ने र मेरो घर जलाउने धम्की दिएको छ । यही हो त रास्वपाको समर्थकको लाइन ? आजै सीआईबीमा उजुरी लगाउँदैछौँ ! हेरौँ सीआईबीले काम गर्छ कि गर्दैन ! सरकारको एक पक्षीय दादागिरी रहे देश अराजकताले निल्नेछ !’