पहिरोले मेची राजमार्ग अवरुद्ध

पहिरोले मेची राजमार्ग अवरुद्ध



इलाम । पहिरोले मेची राजमार्ग आज बिहानदेखि अवरुद्ध छ । इलामको रोङ गाउँपालिका–४ बागखोर सडक मर्मत भइरहेको ठाउँमा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेको हो ।

हिजोको पहिरो पन्छाएर गएरातिदेखि एकतर्फी सडक खुलाएकोमा फेरि पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार सडक पूर्ण रूपमा अवरुद्ध छ ।

अवरुद्ध सडक खुलाउन अहिले काम भइरहेको छ ।