काठमाडौं । बाँदर नियन्त्रण गर्न माग गर्दै किसानहरूले प्रदर्शन गरेका छन् । खोटाङको दिक्तेलमा आज किसानहरूले प्रदर्शन गरेका हुन् ।
बाँदरले बाली खाएर सताएको भन्दै किसानहरूले नियन्त्रणको माग गरेका छन् । बाँदरको समस्या हल गर्न हलो, जुवा, दाँते र कोदालोसहित किसानहरूले प्रदर्शन गरेका थिए ।
‘बाँदर व्यवस्थापन गर्नै पर्छ’, ‘गाउँमा बाँदर भरियो, जनता भोकै परियो’ लगायतका प्लेकार्ड बोकेर किसानहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले बाँदर नियन्त्रणका लागि प्रभावकारी काम गर्न सरकारसँग माग गरेका छन् ।


प्रतिक्रिया