काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नोटबन्दी नगर्ने संकेत गरेका छन् । सामाजिक सञ्जाल एक्समा ‘एयरलाइन गाई’ नामक युजरले नोटबन्दीको विषयमा चासो राख्दै अर्थमन्त्री डा. वाग्लेलाई मेन्सन गर्दै एक ट्विट गरेका छन् ।
‘कृपया लोकप्रियतावादी भाषणबाजीको पछि नलाग्नुहोस् । भारतले सन् २०१६ मा नोटबन्दी गरेजस्तै यो बाटोमा नजानुहोस् । यसले काम गर्दैन, बरु यसले केवल गरिबहरूलाई थप समस्यामा पार्छ र राष्ट्रलाई ठूलो आर्थिक क्षति पुर्याउँछ । भ्रष्टहरूलाई तह लगाउने अरु धेरै राम्रा तरिकाहरू छन्,’ उनले उल्लेख गरेका छन् ।
सोही ट्विटमा रिट्विट अर्थात् जवाफ दिँदै अर्थमन्त्री डा. वाग्लेले भनेका छन्, ‘वी ओन्ट ।’ अर्थात् हामी त्यसो गर्दैनौँ ।


प्रतिक्रिया