काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानूनी झमेलाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरूसँगको आजकाे भेटमा अर्थमन्त्री वाग्लेले अब निजी क्षेत्रले घुस खुवाउन नपर्ने, सरकारी निकायमा लाइन लाग्न नपर्ने र सामान्य आर्थिक गतिविधिका कारण थुनिनु नपर्ने बताए । निजी क्षेत्रलाई सरकारको सहयात्रीका रूपमा अघि बढाउने नीति लिइएको उनको भनाइ छ ।
लगानी विस्तार र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले लगानी बढाएर रोजगारी सिर्जनामा केन्द्रित हुन अनुरोध गरे ।
अर्थमन्त्री वाग्लेले आफू भ्रष्टाचार नियन्त्रणमा दृढ रहेको बताउँदै आफू घुस खान नभई अर्थतन्त्रलाई नयाँ गति दिन आएको बताए । राज्यले सहजीकरण गर्दा निजी क्षेत्रबाट पनि इमानदारिताको अपेक्षा गरेको उनको भनाइ छ ।


प्रतिक्रिया