काठमाडौं । शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।
बैठकमा गत पुसमा भएको विशेष महाधिवेशन स्वीकार नगरेका प्रदेश कार्यसमिति सभापतिहरूलाई पनि बोलाइएको छ । खड्काले आगामी बिहीबार जिल्ला सभापतिहरूको भेला पनि बोलाएका छन् ।


प्रतिक्रिया