च्यासलमा एमाले सचिवालय बैठक जारी

च्यासलमा एमाले सचिवालय बैठक जारी



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ ।

बैठक जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछिका पार्टीका रणनीति र समसामयिक राजनीतिमा छलफल केन्द्रित रहने बताइएको छ । सँगै अहिलेसम्मको आन्दोलनको समीक्षा पनि बैठकमा हुनेछ ।

अध्यक्ष ओलीलाई सरकारले राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै एमाले आन्दोलनमा छ ।

जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका ओली र गृहमन्त्री रहेका कांग्रेस नेता रमेश लेखकलाई प्रहरीले उनीहरुकै घरबाट शनिबार बिहान पक्राउ गरेको थियो । उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आइतबार अनुमति दिएको थियो । साथै, बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेशसमेत जारी भएको छ ।