काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले काठमाडौंको धुम्बाराहीमा आज छलफल गरेका छन् । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आज छलफल गरेको हो।
छलफलको नेतृत्व नेता पूर्णबहादुर खड्काले गरेका छन् । चुनावी समीक्षा, पार्टीको आन्तरिक विषय, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउकाे विषयलगायत छलफलका एजेन्डा रहेको नेताहरूले बताएका छन् ।
छलफलमा नेता शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, बद्रि पाण्डे, एनपी साउद र श्यामकुमार घिमिरेलगायत सहभागी छन् ।
साथै १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू उपस्थित छन् । छलफलमा देउवा भने अनुपस्थित छन् । उनी उपचारका लागि विदेशमा छन् ।
विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको विरोधमा देउवा पक्ष सर्वोच्च अदालत गएकोमा मुद्दा विचाराधीन छ ।
भेलामा सहभागी नेताहरू
पूर्णबहादुर खड्का
शेखर कोइराला
विमलेन्द्र निधि
प्रकाशमान सिंह
शशांक कोइराला
बद्रि पाण्डे
जीवन परियार
मान बहादुर विश्वकर्मा
मोहन बस्नेत
महेन्द्रा सुब्बा
सरस्वती बजिमया
कल्याणी रिजाल
शारदा पौडेल
पुष्प पराजुली
अर्जुन जंगबहादुर सिंह
आशा विक
सीता राना
राधा घले
रामहरि खतिवडा
जीवनबहादुर शाही
ध्यानगोविन्द रञ्जित
राजीव विक्रम शाही
मानबहादुर नेपाली
सीता देवकोटा
सरस्वती तिवारी
विद्या तिमलसिना
लक्ष्मी खतिवडा
जीवन राना
कान्तिका सेजुवाल
रमा कोइराला
शुशिला मिश्र
डा रण बहादुर रावल
इश्वरी न्यौपाने
महालक्ष्मी उपाध्याय डिना
अम्बिका बस्नेत
आनन्द ढुंगाना
बलबहादुर केसी
डा मिनेन्द्र रिजाल
एनपी साउद
शिव हुमागाईं
किरण पोडैल
उमेशजंग रायमाझी
जितजंग बस्नेत
गुरु बराल
गणेश लामा
दिपक गिरी
दीलेन्द्र बडू
कुन्दन काफ्ले
श्याम घिमिरे
गेहेन्द्र गिरी
मदनबहादुर अमात्य
गोविन्द भट्टराई
भीम पराजुली
हरिशरण नेपाली
शंकर भण्डारी
सीता गुरुङ
पद्म नारायण चौधरी
कृष्ण किशोर घिमिरे
प्रदीप सुनुवार
शान्ति विक
प्रदेश सभापति
वीर बहादुर बलायर- सुदुरपश्चिम
ललितजंग शाही – कर्णाली


प्रतिक्रिया