सातवटै प्रदेशमा चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो कमान्डर

सातवटै प्रदेशमा चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो कमान्डर



काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेशमा चुनावी समीक्षा गर्ने भएको छ । यही चैत २३ गतेदेखि वैशाख ५ गतेसम्म सातवटै प्रदेशका विभिन्न शहरमा चुनावी समीक्षा गर्दै अबको बाटोबारे कांग्रेसले छलफल गर्न थालेको हो ।

त्यसक्रममा १ सय ६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारको उपस्थितिमा चुनावी समीक्षा गरिने कांग्रेसले जनाएको छ ।

कार्यक्रमलाई सफल पार्न कांग्रेसले सातवटै प्रदेशका लागि संयोजकसमेत तोकेको छ ।

कार्यक्रम हुने स्थान र संयोजक

कोशी प्रदेश विराटनगर २०८२ चैत्र २३ गते डा. डिला संग्रौला पन्त

मधेश प्रदेश जनकपुर २०८२ चैत्र २५ गते फरमूल्लाह मंसुर

बागमती प्रदेश हेटौडा २०८३ वैशाख ७ गते बहादुर सिंह लामा

गण्डकी प्रदेश पोखरा २०८२ चैत्र २७ गते देवराज चालिसे

लुम्बिनी प्रदेश दाङ २०८२ चैत्र २९ गते योगेन्द्र चौधरी

कर्णाली प्रदेश सुर्खेत २०८३ वैशाख ३ गते कर्णबहादुर बुढा

सुदूरपश्चिम प्रदेश कैलाली २०८३ वैशाख ५ गते प्रकाश रसाइली स्नेही