समानान्तर गतिविधि गरेपछि देउवा–शेखर समूहलाई कांग्रेसले गरायो सचेत

समानान्तर गतिविधि गरेपछि देउवा–शेखर समूहलाई कांग्रेसले गरायो सचेत



काठमाडौं । नेपाली कांग्रेसले समानान्तर गतिविधि चलाउने समूहलाई सचेत गराएको छ ।

मंगलबार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य भएकोतर्फ सचेत गराएको हो ।

अब पनि यस्ता कार्य भए विधान अनुसार कारबाही हुने निर्णय भएको अनुशासन समितिका संयोजक तारामान गुरुङले जानकारी दिए ।

कांग्रेसको शेरबहादुर देउवा–शेखर कोइरा समूहले समानान्तर गतिविधि अघि बढाएको हो । हिजो र आज सो समूहले काठमाडौंमा भेला आयोजना गरेको छ ।

त्यसैगरी नेता पूर्णबहादुर खड्कालाई सचेत गराएको छ । खड्काले हालै कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य निकालेका थिए । उनले आफू कांग्रेसको कार्यवाहक सभापति भएको भन्दै गतिविधि गरिरहेका छन् ।