काठमाडौं । नेपाली काँग्रेसको देउवा पक्षले गर्ने भनेको जिल्ला सभापतिहरूको भेला स्थगित भएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको दुई दिने बैठक बोलाएका थिए ।
बैठकले तत्कालका लागि जिल्ला सभापतिहरूको भेला स्थगित गरेको जानकारी आएको छ । संस्थापनइतर समूहका नेताहरूले सर्वोच्च अदालतमा पार्टीको आधिकारिताका विषयमा २२ चैतमा तोकिएको पेसीलाई मध्यनजर गर्दै भेला स्थगित भएकाे जनाइएको छ ।


प्रतिक्रिया