काठमाडौं । प्रतिनिधि सभाको पहिलो बैठकमा नेकपा एमालेका सांसदहरूले उठेर विरोध गरेका छन् । बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बसेर बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे ।
तर एमालेका सांसदहरूले अटेर गरेपछि सांसद गुरु बराललाई बोल्न समय दिए । उनले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरेको बताए ।
उनले काठमाडौंसहित देशभर शान्तिपूर्ण रूपमा प्रदर्शन गर्दा पनि सरकारले दमन गरेको आरोप लगाए । उनले ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग गरे ।


प्रतिक्रिया