काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदको चुनाव चैत २३ गते सोमवार हुने भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आजको बैठकमा चुनावको मिति तोकेका हुन् ।
उनले चुनाव कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेलाई निर्देशन दिएका छन् ।
२०८० चैत २८ गते उपाध्यक्षमा निर्वाचित राष्ट्रियसभा सदस्य विमला घिमिरेको पदावधि गएको फागुन २० गते सकिएपछि रिक्त पदमा चुनाव हुन लागेको हो ।
यस्तै राष्ट्रियसभाका विषयगत समितिका रिक्त सभापतिहरूको चुनावका लागि चैत २४ गते मङ्गलवारको मिति तोकिएको छ । राष्ट्रियसभाको अर्को बैठक आउँदो आइतवार दिउँसो १२ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।


प्रतिक्रिया