काठमाठौं । व्यवसायी दीपक भट्टलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद सुवेदीले बिहीबार भट्टलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भट्टलाई आज पक्राउ गरेको हो । भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया