काठमाडौँ । पश्चिम एसियामा बढ्दो तनाव र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धार र सहज आवागमनका लागि सरकारले आजदेखि विशेष उडान सञ्चालन गर्ने भएको छ।
परराष्ट्र मन्त्री शिशिर खनालको विशेष पहलमा बिहीबार बसेको उच्चपदस्थ अधिकारीहरूको बैठकले ३ अप्रिलदेखि ५ अप्रिलसम्म नेपाल वायुसेवा निगममार्फत विशेष उडान गर्ने निर्णय गरेको हो।
ती क्षेत्रमा रहेका नेपाली, स्वदेश फर्किन तथा गन्तव्य मुलुक जान नपाएकालाई गन्तव्यमा पुर्याउनका लागि विशेष उडान सञ्चालन गर्न लागिएको सरकारले जनाएको छ ।
पश्चिम एसियाको तनावका कारण गत २८ फेब्रुअरीदेखि नै त्यस क्षेत्रका नियमित उडानहरू स्थगित रहेका थिए। नेपालीहरूको समस्यालाई सम्बोधन गर्न परराष्ट्र मन्त्री खनालको निर्देशनमा नेपाल एयरलाइन्सले दुबई र दमामका लागि उडान भर्ने तालिका सार्वजनिक गरेको छ।
उडान तालिकामा (आज)३ अप्रिलमा काठमाडौँ–दुबई (राति ११:१५ बजे), ४ अप्रिलमा दुबई–काठमाडौँ (बिहान ४:१० बजे),५ अप्रिलमा काठमाडौँ–दमाम (बिहान ८:३० बजे) र दमाम–काठमाडौँ (दिउँसो १२:२० बजे) रहेका छन् ।



प्रतिक्रिया