काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । उसले रास्वपा उम्मेदवार डीपी अर्याललाई समर्थन गर्ने जनाएको छ । पार्टीका प्रमुख सचेतक युवराज दुलालले सभामुख पदमा उम्मेवारी नदिने बताए ।
रास्वपा उपसभापति डीपी अर्यालले सभामुख पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् । नेपाली कम्युनिस्ट पार्टीले उपसभामुख पदमा भने दाबी गरेको छ । सहमति भए उपसभामुख पदमा उम्मेदवारी दिने नेकपाका एक नेताले बताए ।
नेपाली कांग्रेसले पनि सभामुख पदमा उम्मेदवारी नदिने जनाएको छ । नेकपा एमालेले भने सभामुखमा उम्मेदवारी दिने वा नदिने निर्णय गरिसकेको छैन ।
सभामुख पदको निर्वाचन चैत २२ मा हुँदै छ । त्यसका लागि संसद् सचिवालयले शुक्रबार बिहान ११ देखि २ बजेसम्मका लागि उमेदवारी दर्ताको समय तोकेको छ । आजै साढे २ बजे अन्तिम सूची प्रकाशित हुने सचिवालयले जनाएको छ ।


प्रतिक्रिया