काठमाडौं । प्रहरीले राजधानीका विभिन्न स्थानबाट गुण्डागर्दीमा संलग्न १८ जनालाई गएराति पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला जिल्ला प्रहरी परिसर काठमाडौंका फरकफरक टोलीले गुण्डा नाइकेहरुलाई पक्राउ गरेको हो । प्रहरीले उक्त कारबाहीलाई अपरेशन सेफ्टी काठमाडौं नाम दिएको छ ।
पक्राउ पर्नेमा डिम्पलु भनिने प्रवीण तामाङ, कलंकी बाफल क्षेत्रमा गुण्डागर्दी गर्दै आएका बिर्जु महर्जन, कलंकी क्षेत्रबाटै सुजन कार्की, स्युचाटार क्षेत्रमा गुण्डागर्दीमा संलग्न सरू हुमागाईंलाई पक्राउ गरिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विभिन्न स्थानबाट गुण्डागर्दीमा संलग्न १३ जनालाई पक्राउ गरेको छ । एसएसपी सन्तोष खड्काले ठमेल, दरबारमार्ग र सामाखुसी क्षेत्रमा गुण्डागर्दी गर्नेहरुलाई पक्राउ गरिएको जानकारी दिए ।


प्रतिक्रिया