मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम आजदेखि पुनः शुरू

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम आजदेखि पुनः शुरू



काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम आजदेखि पुनः सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः थाल्ने निर्णय गरेको हो ।

राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा रहेको विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय परिचयपत्र नबनाएकाले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो तथा औँठाछापसहितको जैविक विवरण प्रविष्ट गर्नुपर्ने छ ।

प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट नाम दर्ता गर्न सकिने छ । गएको फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा चुनावमा १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता थिए ।