कुमार घैंटे समूहका गुन्डा नाइके सानुभाइसहित १८ जना पक्राउ

कुमार घैंटे समूहका गुन्डा नाइके सानुभाइसहित १८ जना पक्राउ


ग्लोब नेपाल
729
Shares

काठमाडौं । गुन्डा नाइके सानुभाइ भनिने युवराज गुरुङसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । गुरुङलाई गए राति सामाखुसीबाट जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

उनी गुण्डागर्दीको आरोपमा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन् । २०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला गुरुङलाई प्रहरीले हत्कडीसहित ठमेल बजार क्षेत्रमा घुमाएको थियो ।

गुरुङ ७ कात्तिक २०६७ मा गोंगबुस्थित गणेशस्थान नजिकै मिलन लामालाई धारिलो हतियार प्रहार गरेको घटनामा पनि संलग्न थिए । २०७६ सालमा उनी विरुद्ध बैंकिङ कसूरमा प्रहरी वृत्त, दरबारमार्गबाट मुद्दा चलेको थियो भने २६ कात्तिक २०७७ मा ताज भन्ने भीम गुरुङलाई पेस्तोल देखाएर कुटपिट गरेको आरोपमा गुरुङ पक्राउ परेका थिए ।

त्यस्तै, २०८२ साउनमा उनी ठमेलको एक दोहोरी साँझमा झगडा गरेको आरोपमा पनि पक्राउ परेका थिए ।