गृहमन्त्री गुरुङमाथि नैतिकताको सवाल खडा भयो: अध्यक्ष हर्क साम्पाङ

गृहमन्त्री गुरुङमाथि नैतिकताको सवाल खडा भयो: अध्यक्ष हर्क साम्पाङ


ग्लोब नेपाल
297
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई नैतिकताको प्रश्न उठेको भन्दै तत्कालै पत्रकार सम्मेलन राखेर कुरा स्पष्ट पार्न सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै पोखरामा गृहमन्त्री गुरुङको नाममा जग्गा भएको कुरा आइरहँदा यसबारे पत्रकार सम्मेलनमार्फत स्पष्टीकरण दिनुपर्ने सुझाएका हुन् ।

उनले लेखेका छन्, ‘पोखराको फेवातालमा २० रोपनी जग्गा तपाइँको नाममा छ रे भन्ने खबरले सामाजिक सञ्जाल तातिँदा नमज्जा लागेको छ । खास कुरा के हो पत्रकार सम्मेलन राखिहाल्नुस् । नैतिकताको सवाल खडा भयो । अब यो सवालको जवाफ नदिने हो भने जनताले कुरा काट्छन् र विश्वास गर्दैनन् । मलाई आशा छ तपाइँले एउटा दाजुले दिएको सल्लाह सम्झेर भनेको मान्नु हुनेछ ।’

साम्पाङले भदौ २४ गतेको घटनाका दोषीलाई कारबाही र जीवी राईलाई पक्रेर नेपाल ल्याइ रवि लामिछानेलाई न्याय दिन पनि गृहमन्त्रीसँग आग्रह गरेका छन् ।