काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सार्वजनिक पूर्वाधारमा आक्रमण गर्ने धम्की दिएसँगै कच्चा तेलको मूल्य फेरि बढेको बीबीसीले जनाएको छ । यसअघि अस्ति शनिवार ट्रम्पले ४८ घण्टाभित्र हर्मुज जलमार्ग नखोले इरानमाथि व्यापक आक्रमणको चेतावनी दिएका थिए ।
ट्रम्पको यो अभिव्यक्तिसँगै तेलको भाऊ फेरि उकालो लागेको छ । विश्वव्यापी बेन्चमार्क ब्रेन्ट क्रुड १ दशमलव ४ प्रतिशतले बढेर १ सय १० दशमलव ६० डलर प्रतिब्यारेल पुगेको छ ।
यसैबीच अमेरिकी विपक्षी डेमोक्रेट्रिक पार्टीका सांसद्हरुले पुल र ऊर्जा केन्द्रमाथिको आक्रमण ‘युद्ध अपराध’ भएकाले यस्ता धम्की बन्द गर्न ट्रम्पलाई चेतावनी दिएका छन् । ट्रम्पले इरानलाई हर्मुज जलमार्ग खोल्न पटकपटक धम्की दिँदै आएका छन् ।


प्रतिक्रिया