प्रतिनिधिसभामा आज एक घण्टा ‘विशेष समय’ चलाउने

प्रतिनिधिसभामा आज एक घण्टा ‘विशेष समय’ चलाउने



काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज एक घण्टाको ‘विशेष समय’ चलाउने निर्णय गरिएको छ । सभामुख डोलप्रसाद अर्यालको आह्वानमा सोमबार सिंहदबारमा बसेको बैठकबाट यस्तो निर्णय गरिएको हो ।

यस्तै, प्रतिनिधिसभा नियमावलीका निम्ति मस्यौदा समिति बनाउने निर्णय गरिएको छ । कार्यव्यवस्था परामर्श समिति गठन गर्ने निर्णय समेत गरिएको बैठकमा सहभागी सांसदहरूले बताएका छन् ।

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्नेछ ।