काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारलाई जनअपेक्षित काममा हुन आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै संसद्मा बहुमतको आधारमा पेल्ने थलोको रूपमा सरकारले लिन नहुने बताए ।
उनले भने,‘यो संसद् बहुमतको मात्रै होइन, सत्यको आवाज सुन्ने त्यसलाई कार्यान्वयन गर्ने र जनताको पक्षमा काम गर्ने थलोको रूपमा विकास होस् । नवयुवाहरूले यो व्यवस्थाका विरुद्ध सङ्घर्ष गरेका थिएनन्, हाम्रो अवस्थाका विरुद्ध सङ्घर्ष गरेका थिए ।’
उनले देशमा मौलाउँदै गरेको भ्रष्टाचार, विकृति, विसङ्गतिका विरुद्ध नवयुवाहरूले सारा नागरिकहरूको भावनाको प्रतिनिधित्व समेत गर्दै विद्रोह गरेको बताए ।
उनले थपे, ‘सरकारले यो संविधान पढोस् र यो संविधानले समाजवाद उन्मुख राज्य व्यवस्था निर्माण गर्ने जुन संकल्प गरेको छ । त्यतातिर सरकारको ध्यान जाओस् । सरकार एक्सनमा जाओस् तर सरकार स्टन्ट गरेर समय बर्बाद नगरोस् । राज्यको समय ट्रायल गरेर स्टन्ट गरेर बर्बाद ग¥यौँ भने हामीले फेरि नवयुवाहरूको भावनालाई सम्बोधन गर्न सक्ने अवस्था आउँदैन ।’


प्रतिक्रिया