काठमाडौं । प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन नियमावली मस्यौदा समिति गठन भएको छ । सभाको आजकाे बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीकाे सभापतित्वमा प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन भएको हो ।
नियमावली मस्यौदा समिति गठनका लागि रास्वपा सांसद कविन्द्र बुर्लाकोटीले समितिको सभापतिमा गणेश पराजुली र समिति सदस्यहरूको नाम प्रस्ताव गरेकोमा त्याे प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
समिति सदस्यहरूमा डा. ओजश्वी शेरचन, ऐन महर, खुश्बु ओली, खगेन्द्र सुनार, गजलासमिम मिश्रानी, तपेश्वर यादव, ध्रुवराजव राई, निशा डाँगी, निश्कल राई, वलावती शर्मा, मधु चौलागाईं, रेखाकुमारी यादव, यज्ञमणि न्यौपाने र सुलभ खरेल रहेका छन् ।
समितिले सभामुखको निर्देशनमा कार्यविधि बनाउनेछ भने आवश्यक देखेमा विशेषज्ञको सहयोग लिन सक्नेछ । समितिको कार्यावधि १४ दिनको हुनेछ ।
यसैगरी बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको सदस्यहरू मनोनयन गरेका छन् ।
समितिमा डा.अच्युतम् लामिछाने, अफ्साना बानु, आर्यन राई, केपी खनाल, कामिनी चौधरी, क्रान्तिशिखा धिताल, खुश्बु ओली, गणेशसिंह ठगुन्ना, गुरुप्रसाद बराल, गङ्गालक्ष्मी अवाल, तपेश्वर यादव, देवराज पाठक, नरेन्द्रकुमार केरुङ, प्रकाशचन्द्र परियार, निषा डाँगी, बोधनारायण श्रेष्ठ, मीनाकुमारी यादव, युवराज दुलाल, राजन गौतम, डा. राम लामा र विपिनकुमार आचार्य छन् ।


प्रतिक्रिया