काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई नियुक्त गरेको हो । भट्टले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट केही समय अघि मात्रै अवकाश लिएका थिए ।
डा. भट्ट यसअघि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रहेका थिए । उनलाई गभर्नर नियुक्त गर्न कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले निर्देशकबाट राजीनामा गराएका थिए । कांग्रेस सभापति देउवाले उनलाई गभर्नर नियुक्त गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरन्तर दबाब दिएका थिए ।
ओलीले राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट डा. भट्टको राजीनामा स्वीकृत नभएको कारण देखाउँदै उनलाई गभर्नर बनाउन अस्वीकार गरे । गभर्नरको दौडमा डेपुटी गभर्नर निलम ढुंगाना आफै प्रतिस्पर्धी थिइन् । त्यसैले उनले भट्टको राजीनामा स्वीकृत गरिनन् ।


प्रतिक्रिया