इजरायलमा रहेका नेपालीलाई दूतावासले भन्यो : सतर्क र सम्पर्कमा रहनु

इजरायलमा रहेका नेपालीलाई दूतावासले भन्यो : सतर्क र सम्पर्कमा रहनु


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । इजरायलस्थित नेपाली दूतावासले मध्यपूर्वमा विकसित बढ्दो तनावका कारण जारी युद्धबाट आउन सक्ने गम्भीर समस्यालाई ध्यानमा राख्न अनुरोध गरेको छ ।

साथै अलर्ट एसमएस आएमा तथा खतराको संकेत स्वरुप साइरन बजेमा हेलचेक्र्याइँ नगरी आफू नजिकैको बम सेल्टरमा अनिवार्य रुपमा जान भनिएको छ ।

दूताबासले इजरायलको मापदण्ड, नियम कानून पालनासँगै आवश्यक सूचना र साइरनले दिने संकेतबारे पनि अद्यावधिक रहन र समस्या पर्दा दूताबासमा तत्काल सम्पर्कमा आउन आग्रह गरेको हो ।

दूताबासले संयमता अपनाएर जहाँ बसोबास भइरहेको छ, त्यहीँ सतर्क र सुरक्षित रहन, इजरायल सरकार र आधिकारिक निकायद्वारा जारी सूचना र निर्देशन पालना गर्न पनि आग्रह गरेको हो ।

राहदानी, परिचयपत्र, सवारी चालक अनुमतिपत्र, बैंक कार्ड लगायतका कागजात साथमा राख्न, विकसित घट्नाक्रमबारे नियमितरूपमा अद्यावधिक जानकारी राख्न पनि आग्रह गरिएको छ ।

सामाजिक सञ्जालमा देखिएका युद्धसम्बन्धी भिडियो अनावश्यकरूपमा सेयर नगर्न, साथीभाइ, परिवार तथा आफन्तसँग नियमित सम्पर्कमा रहन, आपतकालीन अवस्थामा नेपाली राजदूतावासमा सम्पर्क गर्न पनि दुताबासले आग्रह गरेको छ ।