पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको बताइएको छ ।

अदालतले पक्राउ अनुमति दिइसके पनि उनिहरु नेपालमा नभएकाले पक्राउ गर्न सकिएको छैन । हाल देउवा दम्पत्ति विदेशमा छन् ।