काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी राजदूतहरूसँग छलफल गरेका छन् । शाहले आफ्नाे नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल गरेका हुन् ।
दिउँसो सिंहदरबारमा भएको छलफलमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी थिए । देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले सामूहिक छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
छलफलमा सहभागी राजदूतहरूले नेपालको नयाँ सरकारको कार्यदिशा र प्राथमिकताका बारेमा चासो राखेका छन् ।
प्रधानमन्त्री शाहले सरकारले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई सन्तुलित रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।


प्रतिक्रिया