उपसभामुखको निर्वाचन चैत २७ मा

उपसभामुखको निर्वाचन चैत २७ मा



काठमाडौंं । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन यही चैत २७ गते हुने भएको छ ।

सभामुख डीपी अर्यालले बुधबार प्रतिनिधिसभा बैठकबाट उपसभामुख निर्वाचनको मिति तोकेका हुन् ।

उनले उपसभामुख पदको निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना आजै प्रकाशन गर्न प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई निर्देशन दिए ।