काठमाडौ । समस्याग्रस्त सहकारी पिडितहरु मध्ये जेष्ठ नागरिकहरूलाई प्राथमिकतामा राखेर काम गर्न बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले निर्देशन दिएकी छन् ।
उनले मंगलवार बागमती प्रदेशमा रहेका समस्याग्रस्त सहकारीहरूको अवस्थाबारे कार्यालय अनामनगरमा नै पुगेर जानकारी लिदै यस्तो निर्देंशन दिएकी हुन् । सो क्रममा उनले समस्याग्रस्त सहकारी पीडितका गुनासोहरू सुन्दै सहकारी पीडितका रकम मापदन्ड र प्राथमिकताका आधारमा फिर्ता गराउन मन्त्रालय लागिरहेको बताइन् ।
सो क्रममा बाग्मति प्रदेशस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद सिग्देल त्यसैगरी सदस्यहरू नेत्रराज पौडेल, निशा न्यौपाने , रामेश्वर ढकाललगायतको उपस्ंथिति रहेको थियो ।
बागमती प्रदेशमा पाँचवटा सहकारीहरूलाई समस्याग्रस्त सहकारीको रुपमा घोषणा गरिएको र त्यसको अवस्थाबारे मापदण्ड आधारमा कार्यहरु अगाडि बढाइरहेको समितिका सदस्य सचिव प्रविण खनालले जानकारी दिए । बचतकर्ताको रकम अपचलन र आर्थिक अनियमितता गरेका सहकारीलाई बागमती प्रदेश सहकारी मन्त्रालयले समस्या ग्रस्त सहकारीको रुपमा घोषणा गरेको छ।


प्रतिक्रिया