काठमाडौंं । सरकारले सार्वजनिक यात्रुवाहक तथा मालवाहक गाडीकाे भाडा बढाएकाे छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सैद्धान्तिक सहमति दिएसँगै यातायात व्यवस्था विभागले भाडा समायाेजन गरेर अन्तर प्रदेश भाडा सूची सार्वजनिक गरेकाे हाे ।
मन्त्रालयको निर्णयअनुसार यात्रुवाहक गाडीमा १६ दशमलव ७१ प्रतिशत भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २१ दशमलव ६८ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा १५ दशमलव ७५ प्रतिशत बढेकाे छ ।
अन्तरप्रदेश चल्ने गाडीको भाडा विभागले र प्रदेशभित्रको सम्बन्धित प्रदेशले समायोजन गर्ने व्यवस्था छ ।२०७८ साल चैत ३१ गतेको मन्त्रिपरिषद् बैठकले इन्धनको मूल्यमा हुने घटबढअनुसार सार्वजनिक गाडीको भाडा स्वतः घटबढ हुने गरी स्वचालित भाडा प्रणाली लागू गरेको थियो ।
पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा त्यही अनुपातमा भाडा समायोजन गर्ने स्वचालित व्यवस्थाअनुसार भाडा बढाउने निर्णय गरेको विभागले जनाएको छ ।


प्रतिक्रिया