काठमाडौं । नेपालले अमेरिका र इरानबीच भएको युद्धविरामको स्वागत गरेको छ ।
सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै पश्चिम एसियामा भएको युद्धविराम सम्झौताको स्वागत गरेको हो ।
“नेपाल सरकारले अमेरिका र इरानबीच भएको दुई हप्ताको युद्धविराम सम्झौताको हालैको घोषणालाई स्वागत गर्दछ, जसले पश्चिम एसियामा तनाव कम गर्नेछ । भतभेद कम गर्न संवाद र कूटनीतिका लागि अवसर प्रदान गर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।
युद्धविराम सम्झौतालाई उक्त क्षेत्रमा शान्ति र स्थिरताको प्रवर्द्धनतर्फ सकारात्मक कदमको रूपमा नेपालले हेरेको छ । विवादहरूको शान्तिपूर्ण समाधानको पक्षमा आफ्नो अडानलाई नेपालले दोहोर्याएको छ ।


प्रतिक्रिया