काठमाडौं । उपसभामुख पदमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता भएको छ । उनी राप्रपाको समानुपातिक सांसद हुन् ।
लामाको प्रस्तावकमा राप्रपा दलका नेता ज्ञानेन्द्र शाही छन् । समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी छन् ।
रास्वपाले राप्रपाकाे उमेदवारलाई समर्थन गर्ने बताएको छ । आफूहरू दुई दलबीच यस्तो सहमति जुटेको राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बताएका छन् ।


प्रतिक्रिया