श्रम मन्त्री साहलाई हटाइँदै

श्रम मन्त्री साहलाई हटाइँदै


ग्लोब नेपाल
378
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले श्रममन्त्री दीपककुमार साहलाई हटाइँने भएको छ। मन्त्री बन्नुअघि गरेको एउटा ठगी र मन्त्री भएपछि गरेको अर्को विवादित प्रसँगका कारण उनलाई हटाइन लागेको प्रधानमन्त्री निकट श्रोतले बतायो ।

स्वास्थ्य बिमा बोर्डबाट कारबाहीमा परेकी श्रीमती जुनु श्रेष्ठलाई फेरि त्यहाँ फर्काउन उनले गरेको लबिङ उनका लागि महँगो साबित भएको छ।

पटकपटक बैठकमा अनुपस्थित उनकी श्रीमती जुनु श्रेष्ठ बोर्डको सदस्यको जिम्मेवारीबाट कारबाहीमा परेकी थिइन्। तर, साह मन्त्री भएपछि उनले स्वास्थ्यमन्त्री निशा मेहतालाई दबाब दिएर आफ्नी श्रीमतीलाई सोही पदमा पुनर्स्थापना गराएका थिए।

यसअघि २०७३ सालमा उनी एमबिबिएस परीक्षा पास गराइदिने भन्दै ठगीमा परेको खुलेको छ। उनलाई प्रहरीले २०७३ असोज १६ गते एमबिबिएस परीक्षा पास गराइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ गरेको थियो।