गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्रीमा नियुक्त

गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्रीमा नियुक्त



काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दुई मन्त्री नियुक्त गरेका छन् । उद्योगमा गौरी कुमारी यादव र श्रममा रामजी यादवलाई नियुक्त गरेका हुन् ।

रामजी सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने गौरी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् ।

पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै प्रधानमन्त्री शाहले हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका थिए । उद्योग मन्त्रालय सरकार गठन गरेदेखि नै प्रधानमन्त्री शाहले आफैँ राखेका थिए ।

दुवै मन्त्रीको आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।