संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति पुगे संसद् भवन

संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति पुगे संसद् भवन



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने सिंहदरवास्थित संसद् बैठकमा पुगेका छन् । त्यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादव पनि संसद् भवन पुगेका छन् ।

राष्ट्रपति पौडेल संसद् भवन पुग्दा सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले स्वागत गरेका छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम दिउँसो ३ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् । त्यसका लागि दुवै सदनका सदस्यहरूलाई उपस्थितिका लागि आह्वान गरिएको थियो ।