कांग्रेस विवाद : विपक्षीलाई पेसीको सूचना दिने आदेश

कांग्रेस विवाद : विपक्षीलाई पेसीको सूचना दिने आदेश



काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवाद र महाधिवेशन तयारी रोक्न माग गर्दै दायर दुई छुट्टाछुट्टै रिटमा शुक्रबार विपक्षीलाई पेसीको सूचना दिने आदेश भएको छ ।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासमा पेसी तोकिएको थियो ।

शेरबहादुर देउवा पक्षले सभापति गगन थापा पक्षले महाधिवेशनको तयारी गर्न थालेपछि त्यसलाई रोक्न माग गरेको पूरक रिटमा विपक्षीलाई पेसीको सूचना दिने आदेश दिएको हो ।

उनीहरुले छुट्टै रिट निवेदन पेस गरेको नभई यसअघि पेस भएको विवादमा पूरक निवेदन दर्ता गरेका हुन् । शेरबहादुर देउवा पक्षले दर्ता गराएको दुई वटा रिटलाई एकै ठाउँमा राखेर पेसी तोकिएको थियो ।

देउवा र खड्काले पार्टीको आधिकारिकता विवाद नटुंगिँदासम्म १५ औँ महाधिवेशनको नयाँ कार्यतालिका कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा वारेसमार्फत चैत २५ गते रिट दायर गरेका हुन् ।