काठमाडौं । ९ औँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन मोरिससको पोर्ट लुइस पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा.एस. जयशंकरबिच द्विपक्षीय भेटवार्ता भएको छ ।
शुक्रबार भएको उक्त भेटमा भारतीय विदेशमन्त्री जयशंकरले मन्त्री खनाललाई परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । भेटका क्रममा दुई नेताले नेपाल र भारतबिचको लामो समयदेखिको बहुआयामिक सम्बन्धको समीक्षा गरेका छन् ।
वार्ताका क्रममा दुवै पक्षबीच आपसी हितका विविध विषयमा रचनात्मक र भविष्यमुखी छलफल भएको जनाइएको छ । भेटपछि दुवै मन्त्रीले दुई राष्ट्रबिचको द्विपक्षीय सहयोगलाई थप सुदृढ र प्रभावकारी बनाउने साझा प्रतिबद्धता समेत दोहोर्याएका छन् ।
हिन्द महासागर क्षेत्रको सुरक्षा, व्यापार र सहकार्यबारे छलफल गर्न अप्रिल १० देखि १२ सम्म मोरिससमा आयोजना भइरहेको यस सम्मेलनमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री खनालले नेतृत्व गरिरहेका छन् ।


प्रतिक्रिया