जेनजी आन्दोलनका बेला फरार १३ कैदी पाँचथरमा पक्राउ

जेनजी आन्दोलनका बेला फरार १३ कैदी पाँचथरमा पक्राउ


ग्लोब नेपाल
0
Shares

पाँचथर । जेनजी आन्दोलनको समयमा कारागारबाट फरार भएका १३ जना कैदीबन्दीलाई प्रहरीले पाँचथरबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णका अनुसार विभिन्न स्थानबाट फरार अवस्थामा रहेका उनीहरूलाई छुट्टाछुट्टै समयमा पक्राउ गरिएको हो । प्रहरीका अनुसार शुक्रबार तुम्बेवा गाउँपालिका–२ बाट एक जना फरार कैदी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीस्थित झुम्का कारागारबाट फरार भएका ३५ वर्षीय रमेश लावती रहेका छन् । लावती कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई २५ वर्षको कैद सजाय भोगिरहेका थिए । उनले हालसम्म ७ वर्ष कैद भुक्तान गरिसकेका थिए । उनी आफ्नै गाउँमा आएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरीले फरार रहेका अन्य कैदीबन्दीहरूको खोजी कार्यलाई अझ तीव्र बनाइएको जनाएको छ ।