काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ । कार्यवाहक मेयर सुनिता डंगोलले सामाजिक सञ्जालमार्फत दुई वटा रूटमा सञ्चालन हुने बताएकी छन् ।
साझा यातायातको सहकार्यमा राति ८ बजेदेखि ११ बजेसम्म बुढानीलकण्ठदेखि लगनखेलसम्म र अर्को रूट एयरपोर्टदेखि थानकोटसम्म बस चल्नेछन् ।
यसरी चल्ने बस प्रत्येक २० मिनेटमा उपलब्ध हुने उनले बताएकी छन् । बसमा सुरक्षाका लागि एक जना नगर प्रहरीको उपस्थिति राखिने महानगरपालिकाले जनाएको छ ।
बस सञ्चालनको प्रारम्भमा ७ वटा बसबाट सेवा सुरू हुनेछ । हरेक बस अगाडिको भाग देखिने एउटा, चालक देखिने एउटा र यात्रु देखिने २ वटा गरी ४ वटा सिसिटिभी क्यामराकबाट निगरानी हुनेछ ।


प्रतिक्रिया